हाम्रो बारेमा
यस श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड विर्तामोड, झापा को स्थापना २०५३ साल फागुन २१ गतेका दिन डिभिजन सहकारी कार्यालय भद्रपुरमा दर्ता नं. ३।१।७।७८ ।०५३।५४ अनुसार दर्ता रहेको झापा जिल्ला भरि कार्यक्षेत्र रहेको एक बहुमुखी प्रकृतिको सहकारी संस्था हो । स्थापना कालमा कमजोर आर्थिक अवस्था भएका सदस्यहरुको आर्थिक तथा सामाजिक स्तरलाई उकास्ने उदेश्यकासाथ स्थापना गरिएको भएता पनि आगमी दिनमा यस संस्था मार्फत आवद्ध सदस्यहरुको आर्थिक, सामाजिक, स्वास्थ्य, रोजगारी, सौहुलियत उपभोत्ता भण्डार आदि उदेश्यहरुलाई सदस्यहरुमा पुर्याउने लक्ष्य लिईएको छ । सहकारीमा ठुलो पुँजीको आवश्यकता पर्दैन छरिएर रहेको पूजिलाई एकत्रित गरि ठुला योजनाहरुलाई सपफ्ल पार्न सकिन्छ भन्ने सोचका साथ यस संस्थामा आवद्ध भएका शेयर सदस्यहरुको एक मतले उपभोत्ता भण्डारलाई देशकै एक नमुनाको रुपमा आउन सपफ्ल भएको पश्चिम क्षेत्रबाट समेत सहकारीकर्मीहरु, शुभचिन्तकहरुको एक पाठशालाको रुपमा लिने गरेको हुनाले सहकारी आन्दोलनमा एक पाईला अघि सार्न सकिएको अनुभुती पाउने आवद्ध शेयर सदस्य, सहकारी कर्मीहरुले गर्ने गरेको सुन्न पाईन्छ । बहुमुखी प्रकृतिको सहकारी भएरै बचत तथा ऋण मात्र कारोबार नगरेर अन्य कुनै न कुनै क्षेत्रमा काम गर्ने उदेश्यका साथ सुपथमुल्यको सहकारी पसल संचालन गर्ने योजना नेपाल सरकारले ल्याए पछि “के खोज्छस् कानो आँखो” भएको छ ।